Ads

देउवाले बोलाए संसदीय दलको समितिको बैठक


काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सत्ता गठबन्धन फेरिएपछि प्रतिपक्षमा पुगेपछि आगामी रणनीतिबारे छलफल गर्नको लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

भोलि बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको सचेतक सुशीला थिङले बताइन् । बैठकपछि पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने उनले बताइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । तर, अहिले कांग्रेस प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न विपक्षी गठबन्धन बनाउन दौडधूप बढाइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू