Ads

माओवादीमा तीन पुरानै अनुहार दाहोरिए, वर्षमानको इन्ट्री हुँदा नारायणकाजी परराष्ट्रमा सरुवा


काठमाडाैँ । नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनबाट बनेको सरकारमा पाँच मन्त्रालय पाएको छ।

बुधबार बिहान बसेको नयाँ गठबन्धनको बैठकबाट माओवादी केन्द्रले पाँच मन्त्रालय पाउने टुंगो लागेको हो।

मन्त्रालय टुंगो लागेसँगै माओवादीले सरकारमा जाने मन्त्रीहरू पनि टुंग्याएको छ।

माओवादीबाट हितबहादुर तामाङ यसअघि नै मन्त्री बनिसकेका छन्। उनी पर्यटनमन्त्री बन्ने भएका छन्। अघिल्लोपटक पर्यटन मन्त्री भएका सुदन किराती भने बाहिरिएका छन्।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बन्ने भएका छन्। उनी यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए। त्यस्तै रेखा शर्मा र शक्ति बस्नेतले पुरानै मन्त्रालय पाउने टुंगो लागेको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए।

शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री र बस्नेत उर्जा तथा जलस्रोत मन्त्री थिए। उनीहरूको मन्त्री पद यथावत् रहने भएको छ। माओवादीबाट वर्षमान पुनले अर्थमन्त्रीको जिम्मेवारी पाउने भएका छन्।

कांग्रेससँगको गठबन्धन सरकारमा चार मन्त्री पाएको माओवादीले नयाँ गठबन्धनबाट पाँच मन्त्रालय पाएको हो।

Ads

सम्बन्धित पोष्टहरू