Ads

प्रमेश र धनश्यामलाई लिएर प्रधानमन्त्री भेट्न निस्किए माधव नेपाल


काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रचण्ड सरकारमा सहभागी हुनेबारे अन्तिम निर्णय गर्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री दाहालसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्षसहित नेताहरू प्रधानमन्त्री दाहालसँग वार्ता गर्न बालुवाटार गएको जानकारी दिए। प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि प्राप्त हुने जवाफका आधारमा थप निर्णय लिइने उनले बताए।

प्रधानमन्त्री दाहालले नयाँ समीकरणमा आउन प्रस्ताव गरेको विषयमा सचिवालय बैठकमा छलफल भएको थियो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिइएको प्रवक्ता खतिवडाले बताए।

Ads

सम्बन्धित पोष्टहरू