Ads

अर्थमन्त्रीलाई पुँजीबजारको स्वागत, कारोबारको अन्तिम समयमा ९.३३ अंकले वृद्धि


काठमाडौं । मंगलबार उच्च अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार सामान्य अंकले वृद्धि भएको छ ।

पछिल्लो राजनीतिक गतिविधिले नेप्से परिसूचक लगातार तीन दिन उतारचढाव देखिएको छ । नयाँ सरकारको अर्थमन्त्रीमा वर्षमान पुनको चर्चासँगै बजार बढेको हो ।

अघिल्लो दिन मङ्गलवार मात्रै ७० अंकले घटेको नेप्से परिसूचक बुधवार ९.३३ अंकले बढेको छ । यस दिन बजारमा ९१ लाख ३८ हजार १५४ कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार मात्रै ११७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक मङ्गलवार ७० अंकले घटेर बन्द भएको थियो । मङ्गलवार बजारमा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार तीन पटक सर्किट लागेर कारोबार बन्द भएको थियो ।

आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको सेयर सकारात्मक सर्किटका सार्थ सर्वाधिक नाफामा रहेको छ ।

त्यस्तै, कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ३३ करोड ३७ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू