Ads

२०८० फागुन २४ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सर सापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)ब्यवसायमा प्रशस्तै लाभ हुनेछ । भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )अवसर आएपनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केहि कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मान सम्मान पनि पाइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउनेछ । पठन पाठनमा समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केहि समय पर्खनुहोला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । काममा सफलता पाउन केहि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नुपर्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भएपनि सम्पादन हुनेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )आफन्तबाट टाढिनु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धन लाभ हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू