Ads

परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्न सिंहदबार पुगे भारतीय राजदूत


काठमाडाैँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतका लागी नेपाली राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

बिहीवार बिहान मन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटघाट भएको हो ।

भेटघाटमा द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

राजनीतिक समीकरण फेरिएपछि पहिलोपटक भारतको तर्फबाट कूटनीतिक भेट भएको हो ।

कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थन लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका परराष्ट्रमन्त्री श्रेष्ठसँग पहिलो पटक विदेशी कूटनीतिज्ञले भेटेका हुन् ।

नयाँ गठबन्धनलाई भारतले सहयोग नरहने चर्चाबीच भएको यो भेटलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू