काठमाडाैँ । सर्वोच्चमा अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आजदेखि अवकाश पाएका छन्।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि दोश्रो वरियतामा रहेका न्यायाधीश खतिवडाले उमेर हदका कारण अवकाश पाएका हुन ।
उनको जन्म वि.सं. २०१५ फागुन २३ गते उदयपुरमा भएको थियो । २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका खतिवडा त्यसअघि २० वर्षभन्दा बढी जिल्ला अदालत र पुनरावेदन अदालतको न्यायाधीश थिए ।
खतिवडाको अवकाशपछि सर्वोच्चमा दोस्रो वरियतामा न्यायाधीश डा.आनन्दमोहन भट्टराई हुनेछ ।
प्रतिक्रिया दिनुहोस्