Ads

प्रधानमन्त्री प्रचण्डलाई बाबुरामको आग्रह- मिटरब्याजीपीडितहरूको निश्चित ऋण मिनाहा गर्नुस्


काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजीपीडितहरूको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरू च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चितसम्मको ऋण मिनाह घोषणा गर्न आग्रह गरेका हुन् ।

उनले ‘जनयुद्धताका’ जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाह घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।

लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन पनि उनले आग्रह गरेका छन्।

नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिव किसानलाई बाँड्न आँट गर्नुपर्ने उनको भनाइ छ।

मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयाोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पनि उनले आग्रह गरेका छन्।

‘मिटरब्याज पीडितको विषयमा थुप्रै आयोगहरु बनेका छन्। पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो। तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई केले रोकेको छ? मेरा मित्र रविजी हिजोमात्रै उपप्रधान एवं गृहमन्त्री बन्नुभएको छ, रविजी तपाईले आज नै त्यसलाई जारी गरिदिनुस्,’ उनले भने, ‘बल्ल तपाईंहरु परीक्षाबाट उत्तिर्ण हुनुहुनेछ। नत्र जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो हुने खतरा छ।’

भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताए।

Ads

सम्बन्धित पोष्टहरू