Ads

वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता


काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

नागरिकता कीर्ते गरेको कसुरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको हो ।

जाहेरी केही दिन पहिला नै आए पनि बिहीबार जाहेरी दर्ता भएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए । “जिल्ला सरकारी वकिल कार्यालयमार्फत आएको निवेदन दर्ता भएको हो । हामी अनुसन्धान गर्दैछौँ,” एसपी ढुंगेलले भने ।

सिंहविरुद्ध आफ्नो नागरिकता दुरुपयोग गरेर एक युवतीलाई नागरिता दिलाएको आरोप लागेको छ ।

Ads

सम्बन्धित पोष्टहरू