Ads

परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्न सिंहदबार पुगे चिनियाँ राजदूत


काठमाडाैँ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् ।

श्रेष्ठलाई भेट्न उनी बिहीवार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।

चिनियाँ राजदूतले परराष्ट्रमन्त्री श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाइएको छ ।

आज बिहानै भारतीय राजदूत नवीन श्रीवस्तवले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए ।

निवर्तमान गृहमन्त्री श्रेष्ठले बुधवार मात्रै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू