Ads

सशस्त्रको बीओपी स्थापना


इनरुवा- सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जु गाउँपालिका–४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बीओपी)  सञ्चालन भएको छ।

कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बीओपीका रुपमा सञ्चालनमा ल्याएको हो। बर्जु गाउँपालिका–४ मा स्थापना भएको उक्त बीओपीको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गरे।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङ र बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायलगायतको उपस्थितिमा उक्त बीओपीको उद्घाटन गरिएको हो।

Ads

सम्बन्धित पोष्टहरू