Ads

राजनीतिक स्थायित्व र समृद्धिका लागि प्रचण्डसँग सहकार्य थाल्यौं: एमाले


काठमाडौं । नेकपा एमालेले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य थालेको प्रष्ट पारेको छ।

पार्टीको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले जनतामा उत्साह जगाउने कुरामा सकारात्मक योग्दान दिने निचोडमा पुगिएको बताए ।

“आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ । त्यसलाई सकारात्मक दिशामा अघि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसाबले एमालेका तर्फबाट सकारात्मक योगदान गनुपर्छ भन्ने निष्कर्षमा हामी रहेका छौँ,” उनले भने ।

पोखरेलले नयाँ समीकरणलाई फलदायी बनाउनुपर्ने बताए । “जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ । त्यसले अनुकूलता सिर्जना गरेको छ,” पोखरेलले भने ।

उनले नयाँ समीकरण फलदायी हुने अपेक्षा राखिएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारलाई समर्थन गर्न अरु दललाई पनि आग्रह गरिएको उनले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू