Ads

सामूहिक स्याउखेतीका लागि जुम्ला पुगे विप्लव


काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन् ।

हिमा गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि उनी जुम्ला पुगेका हुन् ।

महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको शुरूवात गर्ने पार्टीका केन्द्रीय सदस्य वीर्खबहादुर शाहीले जानकारी दिए ।

पार्टीको निर्णयअनुसार सामूहिक च्याउखेती शुरू गर्न लागिएको जनाइएको छ ।

कुल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ ।

पार्टीले कृषि उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिकामा सामूहिक स्याउखेती शुरू गर्न लागिएको महासचिव विप्लवले बताए ।

Ads

सम्बन्धित पोष्टहरू