काठमाडौं । सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्ने जिम्मेवारी १० नेताले पाएका छन् ।
सत्तामा सहभागी पाँच दलबाट दुई/दुई नेतालाई कार्यदलमा सहभागी गराइएको छ ।
आइतबार बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा न्यूनतम कार्यक्रम ‘छोटोमीठो बनाउने’ बारेमा कुरा भएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।
उनले सकेसम्म छिटो न्यूनतम साझा कार्यक्रम बनाउने र सो कार्यक्रम गठबन्धनका बीचमा भएको ८ बुँदे राजनीतिक सहमतिमा आधारित हुने बताए।
संयन्त्रमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णीम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल छन्।
प्रतिक्रिया दिनुहोस्