काठमाडाैँ । हङकङमा आइतबार सुरु त्रिकोणान् टी– २० आई सिरिजको पहिलो खेलमा वर्षाका कारण रद्द भएको छ ।
घरेलु टोली र नेपालबीचको खेल ८ ओभरमा पुग्दा फेरि खेल हुन नसक्ने गरी वर्षा भएको यो ।
यो खेलमा दुईपटक वर्षाले प्रभाव पारेको हो । पहिलोपटक पाँच ओभरको खेल सकिँदा वर्षा भएको थियो भने दोस्रोपटक आठ ओभरको खेल सकिँदा वर्षा भयो । खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् ।
खेल रोकिँदा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको थियो । नेपालका लागि करण केसी र गुल्सन झाले एकएक विकेट लिएका थिए । सिरिजमा अर्को टिम पपुवा न्युगिनी सहभागी छ ।
प्रतिक्रिया दिनुहोस्