Ads

राष्ट्रियसभा अध्यक्ष निर्वाचन कार्यातालिका सार्वजनिक, भोलि उमेदवारी दर्ता


काठमाडाैँ । राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।

संसद सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गरेको हो ।

राष्ट्रियसभाको आइतबारको बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनको मिति तोकेकी थिइन् । निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संसद सचिवालयका महासचिवलाई निर्देशन दिएकी थिइन् ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्तापछि सोमबार नै उम्मेदवारको नामावाली प्रकाशित गरिनेछ ।

मंगलबार बस्ने राष्ट्रियसभा बैठकबाट अध्यक्षको चयन गरिनेछ । राष्ट्रियसभा अध्यक्षको चुनाव गोप्य मतदानबाट हुँदैन । राष्ट्रियसभाको बैठकमा प्रस्तावका रुपमा अध्यक्ष चयन गरियोस् भन्ने प्रस्ताव पेस हुन्छ । प्रस्ताव पारित भए प्रस्तावित सांसद अध्यक्ष निर्वाचित हुन्छन् ।

Ads

सम्बन्धित पोष्टहरू