Ads

२०८० फागुन २८ गते सोमबार, तपाईको दैनक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केहि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । केहि समस्या देखिएपनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)मनमा डर लागेपनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केहि अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडि कडाउको सिकार भइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू