Ads

७ महिनामा अर्थतन्त्रका सुचकमा कसरी आयो सुधार ?


काठमाडौ \ चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशको अर्थतन्त्रका धेरैजसो सूचकहरू सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका हुन् ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स गएको वर्षको त्यही अवधिको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढेको हो । रेमिट्यान्स बढे पनि श्रम स्वीकृति लिनेको सङ्ख्या भने घटेको छ ।

साउनदेखि माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार पाँच सय ४० रहेको छ । गएको वर्षको त्यही अवधिमा तीन लाख १४ हजार सात सय ६७ जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ६७ हजार सात सय आठ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

साउनदेखि माघ मसान्तसम्मको सात महिनामै विदेशी मुद्रा सञ्चिति झन्डै २० प्रतिशतले बढेको छ । गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति माघ मसान्तमा आउँदा १९ दशमलव नाै प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो सञ्चितिले देशका लागि एक वर्षभन्दा बढीलाई वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू