काठमाडौं । नेकपा एमाले मधेश प्रदेश कमिटीले प्रदेशका नेताहरुको जिम्मेवारी तोकेको छ । कमिटीको आइतबार बसेको बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन गरेको सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
जस अनुसार सङ्गठन विभाग प्रमुखमा चन्देस्वर मण्डल, स्थानीय विकास विभागको प्रमुखमा बिचारी यादब, जनसङ्गठन समन्वय सम्यन्त्र प्रमुखमा मनोज पौडेल, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा आरती भण्डारी, आर्थिक विभाग प्रमुख महम्द कैस, पार्टी स्कुल बिभागमा शन्कर महत्तो र सहकारि तथा गरिबी निवारण बिभागमा अम्विका चौलागाइलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, बैठकले विभिन्न १५ वटा निर्णयहरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्