Ads

तीन प्रदेश प्रमुखलाई हटाउने मन्त्रिपरिषद्को निर्णय


काठमाडाैँ । सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

त्यस्तै उनीहरूको ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्तिको सिफारिससमेत गरिएको उनले बताइन्।

उनका अनुसार मधेस प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई सिफारिस गर्ने निर्णय भएको हो।

Ads

सम्बन्धित पोष्टहरू