काठमाडाैँ । सत्ता गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलबीच ७ बुँदे सहमति भएको छ ।
यसअघि चार दलबीच ८ बुँदे सहमति भए पनि नेकपा (एकीकृत एकीकृत समाजवादी) गठबन्धनमा थपिएपछि मंगलबार पाँच दलले सात बुँदे नयाँ सहमति गरेका हुन् ।
गठबन्धनमा एकीकृत समाजवादीसहित माओवादी, एमाले, जसपा र रास्वपा छन् । एकीकृत समाजवादी बाहेकका चार दलले अघिल्लो सोमबार नयाँ गठबन्धन घोषणा गरेका थिए ।
सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्षमा माओवादी उम्मेदवारलाई सहयोग गर्ने, सरकारमा अन्य दललाई सहभागी गराउनेबारे छलफल गर्ने, सहमतिको आधारमा टीआरसी विधेयक टुंग्याउने सहितका सहमति गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्