काठमाडाैँ । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल विजयी भएका छन्।
यही फागुन २० गते तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट दाहाल निर्वाचित भएका हुन्।
राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। यस्तोमा नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो।
उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलको १७ मत खसेको छ। उनीसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका युवराज शर्माको पक्षमा १७ मत खस्यो। उनको विपक्षमा ३९ मत परेको छ।
उनलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलले समर्थन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्