Ads

राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि नारायण दाहाल (तस्बिरहरू)


काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा निर्वाचन भएको थियो।

नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्। निर्वाचित भएपछि उनलाई सांसदहरूले खादा लगाएर बधाई दिएका थिए।

दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए।

दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो।

कांग्रेसका शर्मालाई लोसपाले पनि साथ दिएको थियो। यसअघि शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। उक्त प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत आएको थियो।

तस्बिरहरू:

Ads

सम्बन्धित पोष्टहरू