सुर्खेत । कर्णाली प्रदेश सभा बैठक बुधबार शुरु हुँदैछ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै बुधबार दिउँसो ३ बजे पहिलो बैठक लागेको हो ।
बैठकबारे सभाका सम्पूर्ण सदस्यलाई जानकारी गराइसकेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए ।
उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम (३) को उपनियम (३) बमोजिम सदस्यहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्