Ads

नयाँ समीकरण निर्माणको औचित्य कामबाटै प्रमाणित गर्छौं: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण निर्माण र नयाँ सरकार गठनको औचित्य काम गरेरै पुष्टि गर्ने स्पष्ट पारेका छन्।

बुधबार संसद्‍मा विश्वासको मत माग्दै उनले भाषणबाट होइन, अब काम गरेरै नयाँ गठबन्धन निर्माणको प्रमाणित गर्ने बताएका हुन्।

‘सरकार पुनर्गठन र नयाँ समीकरणबारे मैले यसअघि नै संक्षिप्तमा सदनलाई जानकारी गराइसकेको छु’, उनले भने, ‘अब यसको औचित्य भाषणबाट होइन, कामबाट प्रमाणित गर्न फेरि यो संसदको विश्वास चाहिएको छ।’

प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफूले समस्याग्रस्त अर्थतन्त्र जिम्मा लिएको र त्यो सुधारका लागि निरन्तर लागेको बतााए। उनले भने, ‘प्रधानमन्त्रीका रूपमा समस्याग्रस्त अर्थतन्त्र जिम्मा लिएको थिएँ। सुरुदेखि नै अनवरत रूपमा लागेँ। अहिले पनि लागिरहेकै छु।’

Ads

सम्बन्धित पोष्टहरू