Ads

मेरो कारण कांग्रेसमा युद्ध बिराम भएको छ, स्थायी शान्तिमा परिणत होस्: प्रधानमन्त्री प्रचण्ड


काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसभित्रका विचार समूहको द्वन्द्वले आफूलाई आजित बनाएपछि समीकरण बदल्नुपरेको बताएका छन् । अहिले आफ्ना कारण कांग्रेसमा युद्ध बिराम भएको उनले बताए ।

बुधवार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा प्रचण्डले आफूलाई राजनीतिक धोकेबाज भनेकोमा आपत्ति जनाए ।

‘समीकरणमा गरेको परिवर्तनका कारण मलाई भिलेन बनाउन तपाईंहरूको जोडबल छ, यदि यसले कांग्रेसको कचिंगल समाप्त भएमा लोकतान्त्रिक आन्दोलनलाई ट्र्याकमा ल्याएकोमा खुशी नै हुनेछु,’ प्रचण्डले भने ।

Ads

सम्बन्धित पोष्टहरू