काठमाडाैँ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफू मिलेर गरेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकार परिवर्तनको मुख्य पात्र प्रचण्ड रहेको र त्यसमा आफूले साथ दिएको बताएका हुन् । ‘सरकार परिवर्तन हामीले गरेको हो । त्यसको मुख्य पात्र प्रचण्डजी हो, त्यसमा मैले साथ दिएको हो,’ उनले भने ।
अध्यक्ष ओलीले सरकार परिवर्तनको जस प्रचण्ड र आफूलाई दिन पनि आग्रह गरे । ‘सरकार परिवर्तन कहाँबाट को आएर गरिदियो भन्ने हल्ला हुँदैछ,’ उनले भने, ‘सरकार परिवर्तन हामीले (प्रचण्डजी र मैले) गरेको हो । त्यसको जस हामी दुई भाइलाई दिए हुन्छ, कहाँ अरुलाई नै दिइरहेको ?’
प्रतिक्रिया दिनुहोस्