Ads

प्रतितोला आठ सयले बढ्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर प्रतितोला एक लाख २५ हजार आठ सय  कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला आठ सयले वृद्धि भई प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चार सय थियो ।

चाँदीको पनि प्रतितोला ५० ले वृद्धि भई प्रतितोला एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू