Ads

जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो सुन तस्करीसम्बन्धी प्रतिवेदन


काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ ।

आयोग गठन भएको पाँच महिनापछि बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाइएको हो ।आयोगले तयार पारेको प्रतिवेदन ४८५ पृष्ठको छ ।

आयोगको प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताए । उनले दोषीलाई कारबाही र सुधारका लागि सुजाइएका उपायको कार्यान्वयन पनि गर्ने बताए ।

गृहमन्त्री लामिछानेले सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने बताए । उनले सुन तस्करीमा संलग्न जुनसुकै व्यक्तिमाथि कारबाही हुने बातए ।

प्रतिवेदन ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ जना विज्ञसँगको परामर्शका आधारमा तयार पारिएको आयोगका अध्यक्ष आचार्यले बताए । आयोगले ब्रेक शुमार्फत भित्रिएको ६० किलो सुन र भेपमार्फत भित्रिएको ९ किलो सुन तस्करीसम्बन्धी अनुसन्धान गरेको थियो । सुन तस्करीबारे छानबिन गरेर प्रतिवेदन तयार पार्न सरकारले १४ असारमा जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगलाई सुरुमा तीन महिनाको समय दिइएको थियो । तर, अनुसन्धान नसकिएको भन्दै समय मागेपछि सरकारले आयोगको म्याद फागुन मसान्तसम्मका लागि थप गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू