मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आज तपाइलाई अल्छीपनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने दिन छ । तपाइको बुद्दीको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । अन्नको लाभ पनि होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ, कसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैया पैैसा कमाइने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शरिरमा सामान्य रोगले सताउला तर पनि सामाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ, आज रमाइलो यात्राको पनि योग रहेको छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै, भौतिक सर सामानको पनि क्षति हुने दिन छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्देैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ ।आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)कुनै नँया कामको थालनी गर्नुभए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।
प्रतिक्रिया दिनुहोस्