Ads

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो। यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ।

मन्त्रिपरिषद बैठकले यस विषयमा निर्णय लिने बताइएको छ। सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ।
माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछको लागि बोलाएको थियो।

Ads

सम्बन्धित पोष्टहरू