काठमाडौँ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् ९राखेप०को कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३(० को सोझो सेटमा पराजित गर्यो । पुलिसले कर्णालीमाथि पहिलो सेट २५(१२ ले जित्यो भने खेलको दोस्रो सेट २५(७ तथा तेस्रो सेट २५(८ ले आफ्नो पक्षमा पार्यो ।
त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३(० को सोझो सेट पराजित गरेको छ । एपिएफले मधेसलाई २५-८, २५-७ र २५-२ ले पराजित गर्यो । उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्