Ads

महरालाई एअरपोर्टबाट सीधै सिआइबी लगियो


काठमाडाैँ । सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । उनलाई जहाजबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्‍याइएको छ ।

काठमाण्डौमा जहाज ओर्लनासाथ उनलाई एसएसपी दिनेश आचार्य नेतृत्वको टोलीले  आन्तरिक टर्मिनल परिसरबाट बा प्रदेश ०१ ०२८ च ६९६५ नम्बरको सेतो स्कोर्पियो गाडीमा राखी लैनचौरस्थित नयाँ कार्यालय पुर्‍याइएको हाे ।

आजै अदालतबाट म्याद थपेर उनलाई सुन तस्करीमा सँलग्न चिनियाँ फलफूल व्यापारी वाङ्ग दाओजिनसङ्ग टेलिफोन सम्पर्क देखिएको आधारमा थप अनुसन्धानका निम्ति थुनामा राख्ने तयारी छ ।

Ads

सम्बन्धित पोष्टहरू