Ads

अध्यागमन विभागको महानिर्देशकमा निरौला


काठमाडौं । सरकारले अध्यागमन विभागका महानिर्देशकको जिम्मेवारी कोषहरी निरौलालाई दिएको छ।

गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा महानिर्देशक पदमा सरुवा गरेको हो।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध मुद्दा दर्ता गरेपछि निरौलालाई महानिर्देशक बनाइएको हो।

अख्तियारले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रहेको बेला तामाङले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अध्यागमन विभाग महानिर्देशकविहीन हुँदा विभिन्न सेवाहरु प्रभावित भएका थिए।

मंगलबार नै गृह मन्त्रालयले ११ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू