Ads

एउटै गीतमा आर्यन, प्रदीप र पलको नृत्य


काठमाडौं । चलचित्र ‘पुजार शार्की’को छायांकन सकिएको छ ।

४८ दिनमा सिनेमाको छायांकन सकिएको निर्देशक दिनेश राउतले जानकारी दिएका छन् ।

‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायांकनसँगै सिनेमाको छायांकन सकिएको हो । चलचित्रको छायांकन कास्कीको कास्किकोटमा भएको थियो ।

चलचित्रको मुख्य भूमिकामा आर्यन सिक्देल, प्रदीप खड्का र पल शाह छन् । यी तीनै जना अभिनेताले ‘दर्शन गरेँ हल्का निहुरेर’ गीतमा नृत्य गरेका छन् । अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बू पनि सिनेमामा प्रमुख भूमिकामा छन् । चलचित्रको कथा विकास सुवेदीले लेखेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू