Ads

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबने संसद बैठक चल्दैनः रामहरि खतिवडा


काठमाडाैँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगामी संसदको बैठक चल्न नदिने बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग् कुराकानी गर्दै उनले गृहमन्त्री लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए ।

सांसद खतिवडाले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगमी बैठक चल्न नदिने चेतावनी दिए । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डजीले गृहमन्त्री लामिछानेका विषयमा दिएको जवाफ हामीलाई चित्त बुझेको छैन । हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ । त्यो माग पूरा नगरे भोलिदेखि संसद चल्दैन, त्यो काम सरकारको हातमा छ,’ उनले भने ।

सांसद खतिवडाले संसद अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू