काठमाडाैँ । नेपाल भ्रमणमा रहेका आइसिसी अध्यक्ष ग्रेग बार्कलेले नेपालमा क्रिकेटको क्रेज लोभलाग्दो भएको भन्दै सहयोग गर्न तयार रहेको बताएका छन् ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग सिंहदरबारस्थित मन्त्रालयमा भेट भएको भेटमा अध्यक्ष बार्कलेले नेपाली क्रिकेटको विकासमा सघाउन आइसिसी तयार रहेको बताएका हुन् ।
मन्त्री श्रेष्ठको सचिवालयका अनुसार भेटवार्तामा नेपालको क्रिकेट विकास तथा अभिवृद्धिबारे विशेष कुराकानी भएको छ ।
अध्यक्ष बार्कलेले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै सक्दो सहयोग गर्न आइसिसी उत्साहित र प्रतिबद्ध रहेको बताएका थिए ।
मन्त्री श्रेष्ठले आइसिसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवद्र्धन गर्न मन्त्रालय अघि बढेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्