Ads

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त


काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चारजनालाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरूलाई नियुक्त गरेको हो।

मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले काठमाडौंकी प्रा.संगीता सिंह,जुम्लाका डा. कुशरेन्द्र बहादुर महत,ललितपुरका डा.अरनिको पाण्डे र पाल्पाका प्रा.शिवराज अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएको जानकारी गराइन्।

यसैगरी बैठकले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणी पौडेललाई बढुवा गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू