Ads

कसरी गर्ने दुर्घटना न्युनिकरण ?


काठमाडौ\ नेपालमा सडक तथा सवारी दुर्घटना नियन्त्रण चुनौती बन्दै गएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो साढे पाँच वर्षमा १५ हजारको ज्यान गएको छ । सो अवधिमा एक लाख १३ हजार ८०० सवारी दुर्घटनामा परेका छन् ।

प्रहरीको तथ्याङ्कले नेपालमा सडक यात्राको सुरक्षामा प्रश्नचिन्ह खडा गरेको छ । बर्सेनि दुई हजार बढीले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । प्रहरीको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म एक हजार ५४७ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ । यो अवधिमा २४ हजार ६६८ सवारी दुर्घटनामा परेका छन् ।

गत आर्थिक वर्ष २०७९–८० मा सवारी दुर्घटनामा परी दुई हजार ३६८ जनाको मृत्यु भएको तथ्याङ्क छ । सो अवधिमा ३७ हजार ३९२ सवारी दुर्घटनामा परेका थिए । आर्थिक वर्ष २०७५–७६ मा सवारी दुर्घटनामा परी दुई हजार ७८९ को मृत्यु भएको थियो । सो अवधिमा १३ हजार ३६६ सवारी दुर्घटनामा परेका थिए ।

आर्थिक वर्ष २०७६–७७ मा सवारी दुर्घटनामा परी दुई हजार २५१ को मृत्यु भएको थियो । सो अवधिमा १५ हजार ५५४ सवारी दुर्घटनामा परेका थिए ।आर्थिक वर्ष  २०७७–७८ मा सवारी  दुर्घटनामा परी दुई हजार ५०० को मृत्यु भएको थियो । सो अवधिमा २० हजार ६४० सवारी दुर्घटनामा परेका थिए ।

आर्थिक वर्ष २०७८–७९ मा सवारी दुर्घटनामा परी दुई हजार ८८३ जनाको मृत्यु भएको थियो । सो अवधिमा ३९ हजार ३८९ सवारी दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मोटरसाइकल बढी दुर्घटना

नेपाल प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना हुने सवारीमा मोटरसाइकल रहेको छ  । पछिल्लो साढे पाँच वर्षको तथ्याङ्कअनुसार ८८ हजार ५२६ मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि बढी दुर्घटना हुनेमा यात्रुवाहक बस रहेको छ । पछिल्लो साढे पाँच वर्षमा १४ हजार १६४ बस दुर्घटना भएका छन् । त्यसपछि जिप, कार, ट्रक, ट्याङ्कर, ट्राक्टर, ट्रिपर र ट्याम्पो रहेका छन् ।

अङ्गभङ्ग हुने धेरै 

सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढिरहँदा दुर्घटनामा परी अङ्गभङ्ग हुनेको सङ्ख्या पनि बढी नै छ । प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो साढे पाँच वर्षमा ३२ हजार १०२ जना गम्भीर घाइते भएका छन् भने एक लाख १२ हजार बढी सामान्य घाइते भएका छन् । यी घाइतेहरू कुनै न कुनै अङ्गमा असर परेकाहरू छन् ।

Ads

सम्बन्धित पोष्टहरू