Ads

समाजवादी मोर्चामा एमालेलाई सहभागी गराउने तयारी


काठमाडाैँ । समाजवादी मोर्चाको बैठकले एमालेलाई मोर्चामा समेट्ने विषयमा छलफल गरेको छ ।

शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पछिल्लो समीकरणपछि गठबन्धनमा रहेको एमालेलाई पनि मोर्चामा सहभागी गराउने विषयमा छलफल गरेको हो ।

बैठकले एमालेलाई मोर्चामा सहभागी गराउने छलफलको जिम्मा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

मोर्चाको बैठक अघि बिहीवार संयोजक विप्लवले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गरेका थिए ।  बैठकले मोर्चा बाहेकका दललाई पनि समेट्नेबारे छलफल गरेको छ ।

बैठकले सरकारका कामलाई प्रभावकारी बनाउने, भ्रष्टाचारविरुद्ध कदम चाल्ने, सुशासनप्रति प्रतिवद्ध रहने, सहकारी र लघुवित्त पीडितको पक्षमा काम गर्नुपर्ने विषयलाई मुख्य प्राथमिकता राखेको छ ।

यस अघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा कम्युनिष्टको मोर्चा बनेको थियो । मोर्चामा यस अघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल संयोजक थिए । त्यसपछि नेकपाका महासचिव विप्लव संयोजक रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू