Ads

सुरू भयो एमाले सचिवालय बैठक


काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो ।

बैठकमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ ‘क’ का उमेदवारका विषयमा छलफल हुने बताइएको छ । उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ ।

त्यस्तै, पार्टीको आगामी वैशाखमा बस्ने महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, पार्टीले जारी गर्ने सर्कुलरलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू