Ads

२०८० चैत १२ गते सोमवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

वृष ( इवाविवुवेवो )आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

मिथुन ( काकिकुकेकोहा )अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला ।

कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

सिंह ( मामिमुमेमोटाटिटुटे )आज स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या ( टोपापिपुपेपो )रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने पनि छ ।

तुला ( रारिरुरेरोतातितुते )सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

वृश्चिक ( तोनानिनुनेनोयायियु )आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पनि पाइनेछ ।

धनु ( येयोभाभिभुधाफाढाभे )न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्नेछ ।

कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज आफन्तजन सँग मनमुटाब बढ्नेछ सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ ।

मीन ( दिदुदेदोचा, चि )विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

 

Ads

सम्बन्धित पोष्टहरू