एजेन्सी । आयरल्याण्डमा ३७ वर्षिय नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता चयन हुने पक्का भएसँगै आयरल्याण्डले युवा प्रधानमन्त्री पाउने भएको हो ।वर्तमान सरकारका उच्च शिक्षा मन्त्री ह्यारिस संभवत अर्को महिना देशको प्रधानमन्त्री बन्नेछन् । उनले वर्तमान प्रधानमन्त्री लियो वराडकरलाई प्रतिस्थापन गर्दैछन् ।
गत बुधवार वराडकरले पार्टी नेता र प्रधानमन्त्री पद छाड्ने घोषणा गरेपछि आयरल्याण्डको सत्तारुढ दलले नयाँ नेताको चयन प्रक्रिया थालेको थियो । आइतबार मनोनयनन दर्ता गर्ने अन्तिम समयसम्म ह्यारिसको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मतरुपले दलको नेता र प्रधानमन्त्री बन्ने भएका हुन् ।
वर्तमान प्रधानमन्त्री वराडकरले “व्यक्तिगत र राजनीतिक कारणले’’ राजीनामा दिएको र अब आफु देशको नेतृत्वका लागि उत्तम व्यक्ति नभएको प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्