Ads

तोलामा २०० रुपैयाँले बढ्याे सुनकाे मूल्य


काठमाडौं । नेपाली बजारमा साेमबार सुनको मूल्य सामान्य बढेकाे छ । सुनकाे मूल्य आज २०० ले बढेकाे हाे । गत बिहीबार एकैदिन २ हजार ६ सयले बढेर नयाँ रेकर्ड राखेकाे सुनकाे मूल्य त्यसयता घटबढ भइरहेकाे छ ।

शनिबार र आइतबार भने बिदाकाे दिन परेकाले काराेबार मूल्य ताेकिएन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ भने ताेलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५१५  रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू