Ads

कांग्रेसको प्रमुख सचेतकमा रोकाय


काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गरेको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू