Ads

एशियन हाईवेको काम शुरु


झापा\ एसियाली ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरु भएको छ । पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रुख कटान सुरु भएको हो ।

त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जी टुडी कम्पनीले पाएको छ । एसियाली विकास बैङ्कको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म एक सय २० किलोमिटर सडक चार लेनको काम अघि बढेको जैन सिआर, एफ जी टुडी कम्पनीका प्रतिनिधि हरिप्रसाद पराजुलीले जानकारी दिए ।

पश्चिम खण्डका क्षेत्रमा करिब छ हजार सात सय ३७ रुख कटान हुने तथा तीन वर्षभित्रमा सडक निर्माण गर्ने गरी सम्झौता भएको कम्पनीका प्रतिनिधि पराजुलीले जानकारी दिए । एसियाली विकास बैङ्कको २८ अर्ब १७ करोडको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व–पश्चिम राजमार्गको एक सय २० किमी क्षेत्र चार लेनको बन्ने भएको छ । जम्मा ७१ नयाँ पुलसहित राजमार्ग विस्तार हुने निर्माण कम्पनीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू