ईटहरी\ कोशी प्रदेशमा फागुनयता आगलागीको घटना उच्च रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । आगलागीका कारण सयौँ मानिस घरबारविहीन बनेका छन् भने करोडौँको क्षति भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुन र चैत्र महिनाको ७ गतेसम्म आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ । फागुनमा १० जनाको र चैत्रमा ३ जनाको आगलागीका कारण मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
चैत्र ७ गते सम्ममा १०१ जना घाइते भएका छन् । चैत्रमा मात्रै १७५ चौपायाको मृत्यु भएको छ भने फागुनमा ५ हजार ६४७ चौपायाको मृत्यु भएको थियो । १ महिना ७ दिनमा ५१० वटा घरमा क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ७० करोड ९९ लाख १६ सय रुपैयाँ बराबरको क्षति भएको एसपी पोख्रेलले बताए । उनका अनुसार तीन आर्थिक वर्षभन्दा बढी धनजनको क्षति भने चालु आवको चैत्र ७ गतेसम्म भएको प्रहरीको तथ्याङ्क रहेको छ ।
छैन दमकल
आगलागीजन्य विपदका अधिक घटना बेहोरेको कोशी प्रदेशका ८१ स्थानीय तहहरुसँग अग्नी नियन्त्रणका लागि न्यूनतम उपकरणको अभाव देखिएको छ । अग्नी नियन्त्रणका लागि आवश्यक पर्ने वारुण यन्त्र ९दमकल० कोशी प्रदेशका ५६ स्थानीय तहसँग मात्र छन् । वारुण यन्त्र भएका ५६ स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा भएका दलकलहरु सञ्चालनमा छैनन् । यतिबेला दमकल भएका ५६ मध्ये ४९ वटा तहले मात्र नियमित दलमक प्रयोग गरिरहेको छ । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ८१ वटा स्थानीय तहहरुसँग वारुण यन्त्र अभाव छ । उनीहरु अग्नी नियन्त्रणका लागि छिमेकी स्थानीय तहमा निर्भर छन् ।
प्रतिक्रिया दिनुहोस्