काठमाडौं । नेकपा एमालेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षा गार्डको हतियारबारे छानबिन गर्न माग गररेको छ ।
एमाले सांसद रघु जि पन्तले बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै दुर्गा प्रसाईँका सुरक्षा गार्डको हतियारबारे छानविन गर्न माग गरेका हुन् ।
उनले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै प्रसाईँका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानबिन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘दुर्गा प्रसाईँका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन ? संसारमा निहत्था नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । यस्ता हतियारहरू कति जनालाई दिइएको छ ? कति हजारको संख्यामा छ । त्यस्ता हतियार फिर्ता दिने विषयलाई गृहले कति गम्भीर रुपमा लिएको छ ?’
प्रसाईँलाई दिइएको हतियारको प्रकार हेर्दा हतियारको लाइसेन्स जारी गर्ने नीतिमाथि पुनर्विचार गर्नुपर्ने सांसद पन्तको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्