Ads

महराले पीएसओ र गाडी छाडेर हिँडेपछि समातेका हौँ : आईजीपी कुँवर


काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सहयोग नगरेको आभास पाएपछि कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्ट पारेका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले सोधेका जिज्ञासाको जवाफ दिँदै महानिरीक्षक कुँवरले बयान सकेपछि स्वास्थ्यको जतिलता हेरेर छाडिएको जानकारी दिए ।

‘भेप केसमा सुरुदेखि नै आएको थियो । पछि जाँचबुझ आयोगको प्रतिवेदन आएपछि कार्यान्वयन गर्ने शिलशिलामा प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यूसमेत बस्यौँ र कानुनी दायरामा ल्याउनुपर्छ भन्नेमा गयौँ । उहाँको स्वास्थ्यअवस्थाको कारण ‘लिवरल’ नै हुने कुरा गरेका थियौँ । तर, उहाँले हामीलाई सहयोग नगर्ने आभास देखियो । उहाँले पिएसओ र गाडी छाडेर हिँडेपछि पक्राउ गरिएको हो,’ महानिरीक्षक कुँवरले भने ।

उनले अदालतलेसमेत स्वास्थ्यअवस्थाको कुरा उठाएको तथा हामीलाई पनि थुनामा राख्दा स्वास्थ्यका अरु जोखिम होला कि भन्ने लागेपछि बयान सकेर रिहा गरिएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू