Ads

सुनको मूल्य अहिलेसम्मकै उच्च


काठमाडौं । शुक्रबार सुनको मूल्यले अहिले सम्मकै नयाँ रेकर्ड बनाएको छ । बिहीबार पनि सुनको मूल्य बढेर नयाँ इतिहास कायम हुँदै छापावाला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

आज उक्त रेकर्ड ब्रेक गर्दै प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँ कायम भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू